• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

एकिकृत परियोजनाले २०१७ मा झन्डै सवा २ करोडको कार्यक्रम संचालन गर्ने

image not found

सानिभेरी समाचार डेस्क

माघ १० मुसिकोट,

रुकुम मुसिकोटमा आज जिल्लाका चार गाविसमा सञ्चालित एकिकृत परियोजना कार्यक्रमको बारेमा जिल्ला स्तरिय परिचयात्मक तथा समन्वय कार्यक्रम सम्पन भएको छ । सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजनाले २०१७ मा सञ्चालन गर्ने क्रियाकलाहरुको बारेमा आज जानकारी गराइएको हो ।

 

जिल्लाका सिम्ली, गरायला, खोलागाउँ र नुवाकोट गरी ४ गाविसमा एकिकृत परियोजना लागु भएको छ । उक्त परियोजनाले यस वर्ष २ करोड ७ लाख ४० हजार ५ सय ८१ रुपैया बराबरको कार्य विवरण कार्यक्रममा प्रस्तुत गरेको छ । 

 

एकिकृत परियोजना अन्र्तगत शिक्षा क्षेत्रको ७८ लाख ४५ हजार ३ सय ४८ रुपौयाको कार्यविवरण शिक्षा कार्यक्रम संयोजक केशवकुमार विसीले प्रस्तुत गर्नुभएको छ । त्यस्तैे बाल गरिवी तथा पोषण क्षेत्रको ९४ लाख ४२ हजार १ सय ६८ रुपैया सहितको कार्य विवरण पोषण अधिकृत रक्षा चन्दले र बाल संरक्षण क्षेत्रको ३४ लाख ५३ हजार ३ सय ४८ रुपैया रहेको कार्य विवरण बाल संरक्षण कार्यक्रम संयोजक कुवेर केसीले कार्यक्रममा पेश गर्नु भएको छ । 

 

उक्त वजेटबाट चार गाविसका अति विपन्न परिवारलाई सशक्तिकरण बनाउने विभिन्न कार्यक्रमहरु संचालन हुनेछन् । र्काक्रमका सहभागी हरुले संस्थालाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि गरिवीको रेखामुनि रहेको समाजलाई सशक्तिरणमा सहयोग गर्न सुझाव दिएका छन् ।

 

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय विकास अधिकारी नरेन्द्र कुमार रानाको प्रमुख अतिथ्याता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको विषेश आथिथ्यता रहेको थियो ।

 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी पुर्णबहादुर अछामी, सेभ द चिल्डे«न एकिकृत परियोजनाका फोकल प्रशन तथा सिनीयर कार्यक्रम संयोजक बालमुकुन्द महत, रुकुमेली समाज विकास केन्द्रका कोषाध्यक्ष रमा गौतम, जिल्ला स्थित राजनैतिक दल, सरोकारवाला निकाय, लगायतको सहभागि रहेको थियो ।

 

खलंगाको होटेल शिसिरमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक भिम केसीले गर्नुभएको थियो ।