• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाल विवाह न्युनिकरणका लागि निम्तो कार्ड

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुमको रुघाँ बालमैत्री गाविस घोषणाको अन्तिम तयारीमा जुटेको छ । बाल मैत्री स्थानीय शासन लागु भएका जिल्लाका १८ ओटा गाविस मध्ये रुघाँ बालमैत्री घोषणाको अन्तिम तयारीमा जुटेको हो । 

बालमैत्री गाविस बन्नका लागि विभिन्न ३९ ओटा सुचक पुरा हुनुपर्नेमा उक्त सुचकहरु पुरा हुने क्रममा रहेको बाल मैत्री स्थानिय शासनका फोकल पर्सन, जिल्ला विकास समितिका कार्यक्रम तथा सूचना अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो । 

 

स्थानिय विकास मन्त्रालयले गाविसको अनुगमण गरेपछि बालमैत्री गाविस घोषणाको मिति तय हुने उहाँले बताउनुभयो । अवको एक, दइ महिना भित्र गाविसलाई बालमैत्री घोषणा गर्ने लक्ष राखिएको उहाँको भनाई छ । बालमैत्री स्थानिय शासन अन्तरगत गाविसमा अहिले विभिन्न गतिविधिहरु संचालन भैरहेको बताईएको छ । अहिले पुरा हुन बाँकी सुचकलाई पुरा गर्ने र लागु भैसकेका सुचकको कायान्वयनको अवस्थाको बारेमा अनुगमण समेत भैरहेको छ । यसैविच बालमैत्री गाविस घोषणाको लागि प्रमुख चुनौतिको रुपमा रहेको बाल विवाह न्युनिकरणका लागि गाविसभरका प्रत्येक घरधुरीमा निम्तो कार्ड वितरण गरिएको छ ।

 

यसबाट बालविवाहका विरुद्धमा दवाव सृजना हुने लक्ष राखिएको जिल्ला विकास समिति, स्थानिय शाषण कोषका कार्यकारी सचिव ललित बुढाले बताउनुभयो । त्यस्तै गाविस भरका प्रत्येक घरधुरीमा ‘विवाहवारी २० वर्ष पारी, बालविवाह मुक्त गाउँ, हामी सवै मिली बनाऔं’ भन्ने सन्देश सहितको कार्डपनि टाँसिएको छ । यो संगै तालिम, गोष्ठी, अभिमुखिकरण, अनुगमण लगाएतका विभिन्न गतिविधि पनि संचालनमा छन् । जिल्लामा सन् २०११ देखि बाल मैत्री स्थानिय शासन लागु भएको हो ।