• अहिले तरंगमाअनुरोध संगीत
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

३० युवा युवतीलाई सिपमुलक तालिम सहित सामाग्री प्रदान

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुमका चार गाविसका ३० जना युवायुवतीलाई सिप मुलक तालिम सहित सामाग्री प्रदान गरिएको छ । सेभ द चिल्डे«न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्र्तगत बाल गरिवी तथा पोषण कार्यक्रमबाट जिल्लाका नुवाकोट, खोलागाउँ, सिम्ली र गरायला गाविसका २० युवती र १० युवालाई सिप मुलक तालिम सहित सामाग्री प्रदान गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी ३ महिने सिलाई कटाई तथा मोबाइल मर्मत सम्वन्त्री तालिमका सहभागीहरुलाई व्यवशाय संचालनका लागि सिलाई कटाई मेसिन र मोबाईल मर्मतका सामाग्री वितरण गरिएको छ । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ । 

 

तालिमबाट प्रमाणपत्र लिनु मात्रै ठुलोकुरा नभई तालिममा सिकेको कुरा आफ्नो जिवन परिवर्तनमा प्रयोग गर्नुनै ठुलो कुरा भएको बताउनुभयो । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको तालिम समापन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका कोषाध्यक्ष रमा गौतम, सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक पुनम खड्का, नुवाकोट गाविस सचिव मानबहादुर खत्री, एकीकृत परियोजनाका बाल संरक्षण कार्यक्रम संयोजक कुबेर केसी, शिक्षा संयोजक केशवकुमार बिसी, टे«स नेपालका अधिकृत नुनबहादुर बोहारा लगायतको उपस्थिती रहेको थियो । 

 

कार्यक्रमको सञ्चालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक भीम केसीले गर्नुभएको थियो ।।