• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आज माघे संक्रान्ति, धुमधामका साथ मनाईदै

image not found

सानीभेरी समाचार डेस्क

माघ १,

आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ ।

 

ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

 

यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ । देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।।