• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सामुदायिक विद्यालयहरुले शुल्क लिईरहेका सम्वन्धमा छानविन गर्न नेविसंघ र अखिल क्रान्तिकारीको माग

image not found

मनिष खड्का

बैशाख १६, रुकुम

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी रुकुमले माध्यामिक तह सम्म सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेपनि जिल्लाका सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क उठाईरहेको भन्दै छानविन गर्न माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयमा संयुक्त रुपमा माग पत्र पेश गर्दै २ विद्यार्थी संगठनले संविधानमै माध्यामिक तह सम्मको शिक्षा निशुल्क गर्ने व्यवस्था भएपनि जिल्लाका सामुदायिक विद्यालयहरुले शुल्क लिइरहेकोले तत्काल छानविन गरी कानुन बमोजिम निर्देशन गर्न जिल्ला शिक्षा कार्यालय समक्ष माग गरेका हुन् ।

त्यस्तै २ विद्यार्थी संगठनले पाठ्य पुस्तक वितरणमा भैरहेको चरम लापरवाही, अनियमितता तथा भ्रष्टाचार नियन्त्रण गर्न पनि माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयमा बुझाईएको माग पत्रमा कक्षा १ देखी १० सम्म राज्यले निशुल्क पाठ्यक्रम उपलब्ध गराउँदै आएपनि यसमा चरम लापरवाही भैरहेको र यसलाई तत्काल रोकी विद्यार्थीले सहज रुपमा पाठ्पुस्तक पाउने वातावरण बनाउन भनिएको छ ।

विद्यालयमा संचालन हुने ट्युसन तथा कोचिङ कक्षाहरु बन्द गरी विद्यार्थीहरुबाट असुल हुने चर्को शुल्क बन्द गर्न, निजि शैक्षिक संस्थाहरुलाई वर्गीकरण गर्दै अनियमित शुल्क असुल्ने प्रवृत्ती अन्त्य गरी शैक्षिक गुणस्तर कायम गर्न मापदण्ड बनाई शुल्क निर्धारण गर्न पनि नेविसंघ र अखिल क्रान्तिकारीले माग गरेका छन् । नेविसंघका जिल्ला अध्यक्ष लालवहादुर ओली र अखिल क्रान्तिकारीका अध्यक्ष जिवन केसीले  हस्ताक्षर गरेको ५ बुदें माग पत्रको अन्तिम बुँदामा जिल्लामा संचालित सवै वृजकोर्ष तथा कम्प्युटर इन्सिच्युटहरुमा भैरहेको प्राविधिक शिक्षा माथिको दलाल प्रवृत्ती अन्त्य गर्न अनुगमण समिति गठन गरी दोषीलाई शिक्षा ऐन वमोजिम कारवाही गर्नुपर्ने उल्लेख छ ।

आफ्ना मागलाई वेवास्ता गरेमा कडा संघर्षका कार्यक्रमहरु ल्याउन बाध्य हुने पनि २ विद्यार्थी संगठनले जनाएका छन् ।