• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

बिवशको उत्कृष्ट बलिङ र ब्याटिङमा रुकुमको विजयी सुरुवात

news

मनिष खड्का रेडियो सानीभेरी । २२ चैत्र, रुकुम   बिवश गिरीको उत्कृष्ट बलिङ र ब्याटिङको मदतमा रुकुमले दाङको घोराहीमा जारी जेसीस कप टी–२० पुरुष अञ्चल स्तरीय क्रिकेट प्रतियोगीतामा बिजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा राप्ती द्धार क्रिकेट क्लव भालुबाङलाई ३७ रनले पराजित गर्दै रुकुमले बिजय सुरुवात गरेको हो । पहिले टस जितेर ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । रुकुमका लागि बिवश गिरीले ८ चौका र २ छक्काको मदतमा ४१ बलमा ५४ रनको योगफल तयार पारेका थिए ।    त्यस्तै दिनेश पुनले ६...

जेसिस कप क्रिकेट खेल्न जाने रुकुमेली टोलीको बिदाई

news

रुकुम २०, चैत्र दाङको घोराहीमा जारी रुस्लान जेसिज कप क्रिकेट प्रतियोगिता खेल्न जाने रुकुमको टोलीलाई बिदाई गरिएको छ । आज मध्यपश्चिम खेलकुद विकास समितिका पुर्व कोषाध्यक्ष सुवोधराज शिर्पाली, जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठा, सचिव मनिष खड्का, लगाएतले क्रिकेट टोलीलाई बिदाई गर्नुभएको हो ।   टोलीलाई बिदाई गर्दै मध्यपश्चिम खेलकुद विकास समितिका पुर्व कोषाध्यक्ष शिर्पालीले अनुशासन पुर्वक खेल प्रदर्शन गर्न आग्रह गर्दै जितको शुभकामना दिनुभएको थियो । १२ खेलाडी र १ व्यवस्थापक गरी १३ सदस्यीय टोली आजै दाङ प्रस्थान गरेको छ...

खेलकुदमा लागेको जाम हटदै छः खेलकुद मन्त्री शिर्पाली

news

मनिष खड्का रुकुम ६, फागुन    युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले खेलकुदमा देखिएको जाम हटाएर खेलकुदलाई सहि ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन । रुकुममा नवौं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै मन्त्री शिर्पालीले ट्रयाक भन्दा बाहिर रहेको नेपालको खेलकुदलाई सहि बाटोमा ल्याउन आफु सफल भएको दाबी गरेका हुन् । ‘मैले मन्त्रालयको जिम्वेवारी सम्हाल्दा नेपालको खेलकुद बिना योजना चलिरहेको थियो मन्त्री शेर्पालीले भने–मैले जिम्वेवारी सम्हालेपछि म नेपालको खेलकुद विकासको गुरुयोजना निर्माणमा सक्रिय छु ।’ नेपालको खेलकुद...

दोस्रो जिविस कप महिला भलिबलको उपाधी जाङलाई

news

सानीभेरी समाचार डेस्क रुकुम ४ फागुन    रुकुममा संचालित दोस्रो जिविस कप महिला भलिबलको उपाधी जाङ गाविसले जितेको छ । बुधबार भएको फाईनलमा रुकुमकोटलाई ३–० को सेटमा पराजित गर्दै जाङले उपाधी जितेको हो । खलंगाको बह्राटाकुरा टुँडिखेलमा भएको फाईनल खेलको पहिलो सेट जाङले २५–१२, दोस्रो सेट २५–२३  तेस्रो सेट २५–१३ ले जित्दै उपाधी जित्यो ।      जाङ सेमिफाईनलमा पुर्तिमकाँडालाई र रुकुमकोट मोरावाङलाई पराजित गर्दै प्रतियोगीताको फाईनलमा प्रवेश गरेका थिए । प्रतियोगीताको विजेता जाङले कप, मेडल र प्रमाण पत्र सहित नगद...

आज क्वाटरफाईनलका खेल हुने

news

सानीभेरी समाचार डेस्क   रुकुममा जारी दोस्रो जिविस कप महिला भलिबलमा आज क्वाटरफाईनलका खेलहरु हुने भएका छन । क्वाटरफाईनलको पहिलो खेल जाङ र चुनवाङ विचमा हुने छ । त्यस्तै दोस्रो खेल रुकुमकोट र कोल, तेस्रो खेल मुरु र पुर्तिमकाँडा तथा चौथो खेल मोरावाङ र महत विचमा हुने छ ।    ४ ओटा खेलका विजेता सेमिफाईनलमा प्रवेश गर्ने छन भने पराजित हुने टीम प्रतियोगीताबाट बाहिरिने छन् । प्रतियोगीता आजै सम्पन्न गर्ने आयोजक समृद्ध समाज नेपाल रुकुमले तयारी गरेको छ । जिल्लाको महिला भलिबल विकासको लागि प्रतियोगीता आयोजना गरिएको समृद्ध समाजका अध्यक्ष...

दोस्रो जिविस कप महिला भलिवल सुरु

news

सानीभेरी समाचार डेस्क रुकुम २, फागुन   दोस्रो जिविस कप महिला भलिवल प्रतियोगीता सुरु भएको छ । रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य र स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाले प्रतियोगीताको उद्घाटन गर्नुभयो । जिल्लाको महिला भलिबलको विकासका लागि समृद्ध समाज नेपाल रुकुमले प्रतियोगीता आयोजना गरेको हो । मुसिकोट खलंगाको बराहाटाकुरा टुँडिखेलमा ४ गते सम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका १२ ओटा भलिवल समुहले प्रतिस्पार्धा गर्ने आयोजक संस्थाका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम...

अयोग्य पुर्व लडाकु मीरा राई बनिन् ‘साहसी वर्ष व्यक्ति’

news

सानीभेरी समाचार डेस्क ।  विश्व प्रसिद्ध नेशनल जियोग्राफीक च्यानलले नेपाली अल्ट्रा धाविका मीरा राईलाई ‘एड्भेन्चर्स अफ द इयर’ मा विजयी भएको घोषणा गरेको छ।   अनलाइन भोटिङको आधारमा नेशनल ज्योग्राफिको वर्षकै साहसी व्यक्तिको सूचीमा मीरा पहिलो नम्बरमा परेकी थिइन। राईसहित विश्वका १० जना साहसी खेलाडीहरु अवार्डको मनोनयनमा परेका थिए।   विजेता छान्नको लागि नेशनल ज्योग्राफि च्यानलले आफ्नो वेबसाइटमार्फत् गत नोभेम्बर ३ देखि डिसेम्बर १६ सम्म भोट हाल्ने व्यवस्था गरेको...

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

news

सानीभेरी समाचार डेस्क । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो ।   अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो । रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो । डानिलोको आत्मघाती गोलबाट सेल्टाले...

महिला साफ फुटबलमा नेपालले आज भुटानसंग खेल्दै

news

सानीभेरी समाचार डेस्क, पुस ११ चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार (आज) भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।   रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा  माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग यसअघिका सबै खेलमा नेपाल विजयी भएको छ । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।   ३ ओटै फाईनलमा...

त्रिपक्षिय क्रिकेटमा आज रुकुमले सल्यान संग खेल्दै

news

सानीभेरी समाचार डेस्क, पुष १ रुकुम ।      बिहिबारबाट सुरु जाजरकोट, रुकुम र सल्यान विचका त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेट प्रतियोगीताको दोस्रो खेलमा शुक्रबार(आज) रुकुम र सल्यान विचमा प्रतिस्पर्धा हुदैं छ । रुकुम हिजो आयोजक जाजरकोट संग ६ विकेटले पराजित भएको थियो भने सल्यानले आफ्नो पहिलो खेल खेल्न लागेको हो ।    रुकुम प्रतियोगीतामा टिकिरहन आजको खेल जित्नै पर्ने दबावमा छ । आज सल्यानलाई पराजित गर्न सके रुकुमको फाईनल प्रवेश गर्ने सम्भावना कायम रहने छ । तर आजको खेल जितेमा पनि रुकुमले जाजरकोट र सल्यानविचको खेलको नतिजामा पनि भर पुर्नपर्ने हुन्छ...

लगातार दोस्रो पटक उपाधी जित्दै क्षेत्रिय पुरुष भलिबलमा रुकुमले इतिहास रच्यो

news

मनिष खड्का  ३० मंसिर, रुकुम ।  मध्यपश्चिम क्षेत्रिय पुरुष भलिबलको उपाधी आयोजक रुकुमले जितेको छ । मुसिकोट खलंगाको बह्राटाकुरा खेलमैदानमा बिहिबार भएको फाईनलमा दैलेखलाई पराजित गर्दै रुकुमले उपाधी हात पारेको हो । रुकुमले यो संगै लगातार दुई पटक क्षेत्रिय पुरुष भलिबलको उपाधी जित्दै इतिहास रचेको छ । २०६८ सालमा कालिकोटमा भएको प्रतियोगीतामा रोल्पालाई पराजित गर्दै उपाधी जितेको रुकुमले दैलेखलाई हराउँदै इतिहास दोहो¥याएको हो । बिहिबार भएको खेलमा रुकुमले दैलेखलाई ३–१ को सेटमा पराजित ग¥यो...

रुकुम फाईनलमा प्रवेश, इतिहास दोहो¥याउने मौका

news

सानीभेरी समाचार डेस्क ३० मंशीर मुसीकोट \रुकुमलाई पुरुष भलिबलमा लगातार दोस्रो पटक मध्यपश्चिम च्याम्पिएन बन्ने अवसर प्राप्त भएको छ । रुकुमै भैरहेको क्षेत्रिय पुरुष भलिबलमा शानदार प्रदर्शन गर्दै प्रतियोगीताको फाईनल प्रवेश गरेपछि रुकुमसामु इतिहास दोहो¥याउने सुनौलो अवसर प्राप्त भएको हो ।    यसअघि रुकुम २०६८ सालमा कालिकोटमा भएको क्षेत्रिय पुरुष भलिबलमा बिजेता बनेको थियो । सदरमुकाम मुसिकोट खलंगा स्थित बह्राटाकुरा टुँडिखेलमा आज भएको पहिलो सेमिफाईनलमा जुम्लालाई ३–० ले पराजित गर्दै रुकुम अपराजित रहदै प्रतियोगीताको फाईनल प्रवेश...

रुकुममा आठौं राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु

news

सिजन बाँठा मगर २९ मुसिकोट, रुकुममा आठौं राष्ट्रपति रनिङ शिल्डको तयारी थालिएको छ । खोलागाउँको चिन्नेबगरमा हुन लागेको रनिङ शिल्डको तयारी थालिएको हो । हिमालय मावि खोलागाउँको आयोजनामा हुने शिल्डको भौतिक पुर्वाधारका लागि गाविसले ५ लाख रुपैंया विनियोजन गरेको छ ।   भौतिक पुर्वाधारका लागि हिमवहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । भौतिक पुर्वाधार समितिको सचिवमा रमेश डाँगी र कोषाध्यक्षमा नारायण राना रहनुभएको छ ।।...

रुकुम, जाजरकोट र सल्यान विचमा त्रिकोणात्मक क्रिकेट हुने

news

सानीभेरी समाचार डेस्क मंसिर, २८ । रुकुम, जाजरकोट र सल्यान विचमा मैत्रिपुर्ण त्रिपक्षिय क्रिकेट प्रतियोगीता हुने भएको छ । जाजरकोट युवा क्रिकेट क्लवको आयोजनामा यहि मंसिर ३० गते भोलीबाट पुस ३ गतेसम्म प्रतियोगीता हुन लागेको हो । यस क्षेत्रको क्रिकेट विकासमा टेवा पु¥याउने भन्दै प्रतियोगीता आयोजना गरिएको क्लवका अध्यक्ष अनिश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको त्रिभुवन जनता उच्च माविमा संचालन हुने प्रतियोगीताको उद्घाटन खेल आयोजक जाजरकोट र रुकुम विचमा हुने छ ।    उद्घाटन खेल मंसिर ३० गते हुने छ भने दोस्रो खेल पुष १ गते रुकुम र...

रुकुमको लगातार दोस्रो जित

news

रुकुम आयोजक रुकुमले क्षेत्रिय पुरुष भलिबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । रुकुमले आफ्नो दोस्रो खेलमा आज मुगुलाई २–० को सेटमा हराएको हो । आजको जित संगै रुकुमले अन्तिम ८ अर्थात क्वाटरफाईनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।   पुर्व मध्पश्चिम च्याम्पिएन रुकुमले समुह चरणको अन्तिम खेलमा दाङसंग खेल्ने छ । दाङलाई हराउन सके रुकुम बिजेता हुँदै क्वाटरफाईनल प्रवेश गर्ने छ । रुकुमले उद्घाटन खेलमा हिजो डोल्पालाई हराएको थियो । त्यस्तै प्रतियोगीता अन्तरगत आज अन्य ८ ओटा खेल भएका छन् ।   आजको पहिलो खेलमा जुम्लाले जाजरकोट, कालिकोटले हुम्ला,...

सन्दिप लामिछाने एपीएफ क्लबमा अनुवन्धित

युवा क्रिकेटर सन्दिप लामिछाने करारमा सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित हुनु भएको छ । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर स्वदेश फर्किनु भएका सन्दिप १९ बर्ष मूनिको एसिया कपको तयारीमा जुट्नु भएको छ । एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको जनाएको छ । सातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ...

विराट कोहलीको कीर्तिमान, आइपिएलमा कसले कति रन बनाए ?

news

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीको कप्तानीमा खेलेको रोयल च्यालेन्जर्स बैंग्लोरले राम्रो खेलेर पनि उपाधि जित्न सकेन । तर कप्तान विराटले आफ्नो लोभ लाग्दो उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचे । आइतबार राति एम चिन्नास्वामी रंगशालमा भएको फाइनलमा बैंग्लोर सनराइजर्स हैदरावादसँग ८ रनले पराजित भयो । यो खेलमा विराटले ३५ बलमा ५४ रन बनाए । विराट आइपिएलको यो सिजनका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यो आइपिएलमा १६ खेलका १६ पारीमा ८१ दशमलव ०८ को औषतमा ९ सय ७३ रन बनाए । उनी एक हजार रन बनाउनबाट मात्रै २७ रनले पछि परे । विराटले यस क्रममा चार...

इन्डियन प्रमियर लिग क्रिकेट आइपिएलमा आज २ खेल हुँदै

वैशाख १८ – इन्डियन प्रमियर लिग क्रिकेट आइपिएलमा शनिबार २ खेल हुँदैछन् । दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाइट राइडर्स तथा सनराइजर्स हैदाराबाद र रोयल च्यालेन्जर्स बेङ्लोरबिच खेल हुनेछ ।    फिरोज शाह कोटला रंगशालामा दिल्ली र कोलकत्ता बिच हुने पहिलो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । दिल्ली जाहिर खान तथा कोलकत्ता गौतम गाम्भिरको कप्तानीमा मैदान उत्रनेछ ।    यस्तै सनराइजर्स र रोयल च्यालेन्जर्सबिचको दोस्रो खेल राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बेलुकी सवा ८ बजे हुनेछ । सनराइजर्स डेविड वार्नरको कप्तानीमा तथा रोयल विराट...

पोलार्ड चम्किएपछि मुम्बईसामू कोलकता निरीह

news

मुम्बई, वैशाख १७ । ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको हो । मुम्बईको जितमा सुरुवाती ब्याट्सम्यान एवं कप्तान रोहित शर्माले अविजित ६८ रन जोडे । यसैगरी पाँचौ नम्बरमा ब्याटिङ गर्न मैदानमा छिरेका वेष्ट इन्डिजका अलराउण्डर काईरन पोलार्डले १७...