• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

मुलुकी अपराध संहिता संशोधन

असोज ८ । मुलुकी अपराध संहिता चिकित्सकको माग अनुसार संशोधन भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने गरी संशोधन गरेको हो ।    विधेयकले समितिले अनुसनधान गर्दा कसुर गरेको प्रमाणित भेटिए मुद्दा चलाउन सरकारी वकिललाई लेखि पठाउने व्यवस्था गरेको छ । संशोधन अनुसार अब कसैको अंगभंग गर्ने नियतले उपचार गरे, एक अंगको चीरफार गर्नु पर्नेमा अर्को अंगको चिरफार गरे, अंग बेकम्मा बनाए वा कुनै सिफारिस गरिएको औषधिले मृत्यु भए त्यस्तो बिषय अनुसन्धान...

छाउपडी अन्त्यका सन्देश पाठ्यक्रमहरुमा नै समावेश गर्ने तयारी

असोज ८ । पाठ्यक्रम विकास केन्द्रले छाउपडी प्रथा अन्त्यका लागि विद्यालयका पाठ्यक्रममा नै विषय समावेस गर्ने भएको छ । पाठ्यपुस्तकमा महिनावारीको विषयमा सकारात्मक सन्देश राख्न पहलगर्ने तयारी गरेको छ ।    केन्द्रले यसै शैक्षिक शत्रमा प्राथमिक र माध्यामिक तहकोे कक्षा ९ र १० मा छाउपडी प्रथा लगायतका कुरीति विरुद्धका सामान्य जानकारी दिएपनि सरोकारवालासँग थप छलफल गरी विशेष सामाग्री थप्ने पहल गरिने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले बताउनु भयो ।    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि...

आजदेखि यातायातमा नयाँ भाडा

असोज ७ । यातायात ब्यवसायीले आजदेखि लागु हुनेगरि गाडीभाडा बढाएका छन् । आजदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ ।    सरकार र यातायात व्यवसायीबीच हिजो भएको वार्तामा सरकारले भाडा बढाउने सहमति दिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आजदेखि लागुहुने गरी भाडा बढाएको जानकारी दिनुभयो । उहाँले आजदेखि भाडा बढाउने र दुई महिनाभित्र अध्ययन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्न समिति बनाइएको बताउनुभयो ।   यातायात व्यवसायीले बढेको पेट्रोलियम पदार्थको मूल्य नघटाए सम्म...

दसैंको टीकाको साइत कहिले ?

असोज ६ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना सहित जमरा राख्ने साइत छ ।    असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताउनुभयो ।   असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको...

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष सूचीसहित

 असोज ५,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ  ।   नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।    प्रदेश १   प्रदेश संगठन कमिटी इन्चार्ज – भीमप्रसाद आचार्य सह–इन्चार्ज – सावित्री काफ्ले  अध्यक्ष – देवराज घिमिरे   सचिव – सुरेशकुमार राई   प्रदेश २   प्रदेश संगठन कमिटी इन्चार्ज –...

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाइ आज

असोज ४ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ ।    संसदीय सुनुवाइ विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाइ गर्ने भएको हो । संवैधानिक परिषद्ले गत २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।   संसदीय सुनुवाइ विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख...

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो

असोज ३ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् ।       ज्यान जानेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका छन् ।       यसैगरी बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका...

आज संविधान दिवस मनाइदै, टुँडिखेलका विषेश कार्यक्रम

असोज ३ । नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ । पहिलो पटक सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको हो ।    दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । त्यस्तै देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाईदै छ ।    दिवसको अवसरमा रुकुम पश्चिममा आज बिहान प्रभात फेरी निकालिएको छ । कालिका स्थानबाट सुरु भएको ¥याली खलंगा बजार परिक्रमा गर्दै जिल्ला...

परिवार नियोजन दिवसः साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा

news

असोज २ ।  ‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   परिवार कल्याण महाशाखाले आज काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ ।   तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० प्रतिशतले प्राकृतिक साधन प्रयोग गर्ने गरेको जानकारी दिइयो ।   कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। सुशील...

११ दिनमै फेरि बढ्यो पेट्रोल र डिजलको भाउ, निगम १५ दिनमा ३२ करोड घाटामा

असोज २ । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।   अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ ।    हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ ।  मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति...

मौलिक हकसम्बन्धी १५ विधेयक पारित

असोज १ । प्रतिनिधिसभाको बैठकले संविधानले व्यवस्था गरेअनुसारका सबै मौलिक हकसम्बन्धी १५ विधेयक पारित गरेको छ । जसमा दुई विधेयक हिजोमात्रै पारित भएको हो ।    हिजो बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएका दुवै विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । मन्त्री ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।   यी दुई विधेयकसँगै प्रतिनिधिसभाले मौलिक...

आज विश्वकर्मा पूजा

असोज १ । आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा, कालीगढले भगवान विश्वकर्माको पूजा आरधना गरी मनाइदैछ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।    द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको शास्त्रमा उल्लेख छ ।    प्राचीन...

प्रचण्डले चीनमा आजदेखि भेटवार्ता सुरु गर्दै

भाद्र ३१ । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा चीन जानु भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँ हिजो साँझ चीन जानु भएको हो ।     नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार मुख्य एजेण्डा रहेको प्रचण्डले बताउनु भएको छ । विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत छलफल हुने बताइएको छ । चीन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग छलफल गर्नुहुनेछ...

मौलिक हक कार्यान्वयन सम्बन्धि विधेयक छोटो बाटोबाट पारित गरिदै

भाद्र ३१ । मौलिक हक कार्यान्वयन गर्न बनाउनु पर्ने सबै विधेयक छोटो बाटोबाट पारित गरिने भएको छ । नियम निलम्बन गरेर भएपनि दुईदिनभित्र विधेयक पारित गर्नेगरि प्रक्रिया अघि बढेको हो ।    भोलिसम्म संघीय संसदले मौलिक हक सम्बन्धि विधेयक पारित गर्नेछ । असोज २ सम्म १५ वटा विधेयक पारित गर्नु पर्ने सरकारलाई बाध्यता छ  । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्न समय लाग्ने भएपछि संसोधन राख्ने समय ७२ घण्टाबाट घटाएर १२ घण्टा कायम गर्न नियम निलम्बन गरिएको छ ।     सरकारले प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा४ वटा...

संसदमा एक दर्जन भन्दा बढी विधेयक पेश हुँदै

सानीभेरी समाचार डेस्क भाद्र, २९ ।   व्यवस्थापिका संसदमा आज एक दर्जन भन्दा बढी विधेयक माथि छलफल हुँदैछ । ६ जना विभागीय मन्त्रीले १४ मौलिक हकसम्बन्धी विधेयक पारित र छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । ७ वटा विधेयक आज एकै दिन पारित गर्ने कार्यसूची रहेको छ ।    हिजो संसदमा समिति मार्फत पुगेका विधेयकलाई आज मन्त्रीहरुले पारितका लागि पेश गर्नेछन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।    उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, वैयक्तिक गोपनियतासम्बन्धी विधेयकबारे...

बामदेवलाई रुकुम(पूर्व)बाट उठाउँने चर्चा निराधारः सांसद रोका

news

मदन बिसी, रुकुमकोट  भाद्र, २९ ।   रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्य कमला रोकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेब गौतमलाई रुकुम(पुर्ब)वाट चुनाव लडाएर सांसद बनाउँने कुरा निराधार भएको बताउँनुभएको छ । रुकुम(पूर्व)को रुकुमकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रोकाले यो हल्ला मात्र भएको र यसका पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।    बिहिबार रुकुमकोटमा आफैद्धारा आयोजित बिकास निर्माण तथा जनसरोकारका सवालहरु विषयक जनतासंगको अन्तरक्रिया कार्यक्रममा उहाँले निराधार कुरालाई आधार बनाएर वातावारणलाई...

आज हरितालिका तीज

news

सानीभेरी समाचार डेस्क भाद्र, २७ ।   भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।    यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् ।    पिता हिमालयले पार्वतीको इच्छा...

तीजको अवसरमा आज महिला हिंसा सम्बन्धी लोक गीत प्रतियोगीता हुँदै

news

सानीभेरी समाचार डेस्क भाद्र, २५ ।    रुकुम(पश्चिम)को सदरमुकाम मुसीकोटमा आज महिला हिंसा न्युनिकरण सम्बन्धी लोक गीत प्रतियोगीता हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम शाखाले तीजको अवसरमा महिला हिंसा न्युनिकरण सम्बन्धी लोक गीत प्रतियोगीता आयोजना गरेको हो ।    प्रतियोगीता मध्यान्ह् १२ बजेपछि मुसीकोट खलंगाको बालमन्दीरमा सुरु हुने छ । प्रतियोगीतामा प्रतिस्पर्धाका लागि रुकुम(पश्चिम) र (पूर्व) सहित सल्यान र जाजरकोटका गरी दुई दर्जन बढी समुहले नाम दर्ता गराएको प्रतिष्ठानका सचिव तुल देवकोटाले जानकारी दिनुभयो...

गोली लागेर तरुन दलका नगर अध्यक्षको मृत्यु, हत्याको बिरोधमा रोल्पा बन्द

news

सानीभेरी समाचार डेस्क भाद्र, २५ ।    रोल्पाको सुलिचौरमा आइतबार बेलुकी गोली चल्दा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेस्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा रोल्पा नगरपालिका–२, रेउघाका २९ वर्षीय रोहित पुनको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो ।    घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि...

आज कुशे औँशी, कुश घरमा राखे परिवारको कल्याण हुने धार्मिक विश्वास

भाद्र २४ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए...

गलत नक्सा र निसान छाप प्रयोग नगर्न सरकारको निर्देशन

भाद्र २४ । सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।   यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन नै गरी नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । सबै...

प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

भाद्र २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । उहाँले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको छ ।   राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो । थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।   अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४...

शिक्षक सेवा आयोगको परिक्षा फारम भरेको जिल्लाबाट दिन नपाइने

भाद्र २२ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ । ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने आयोगका प्रशासकिय प्रमख तुलसीप्रशाद थपलीयाले जानकारी दिनुभयो । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । तीनै तहको परीक्षाको लागि करीब २ सय २५ परीक्षा केन्द्र तोकिने भएको छ । कूल १२ हजार ७ सय...

निजामती सेवा जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको प्रधानमन्त्री ओलीको भनाइ

भाद्र २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउनुभएको छ । १५ औं निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गर्नुभएको हो । राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । १५ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको आकाङ्क्षा...

नेपाललाई आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत

भाद्र २२ । नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । योसँगै तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्थाको समेत अन्त्य भएको छ । नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले आफूलाई अनुकुल हुने गरी चीनका जुनसुकै बन्दरगाह प्रयोग गर्न बाटो खुलेको हो । नेपाललाई चीनका सबै समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिने विषयमा चीन सहमत भएको उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । दुई देशका उच्च...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भाद्र २१ । नेपाल आयल निगमले आजदेखि लागुहुनेगरि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्य बढाउने निर्णय गरेको हो ।    निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको जनाएको छ ।    पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुनेछ ।   निगमले केही साता यता...

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जादै

भाद्र २१ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै हुनुहुन्छ । उहाँ आज दिउँसो ३ बजे भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ ।    दाहालभारतमा तीनदिन रहनुहुनेछ । पार्टी अध्यक्षको हैसियतले भारत जान लाग्नुभएका प्रचण्डले नेपालसँग भएको सम्झौताका विषयमा छलफल गर्नुहुने बताइएको छ ।    भारतमा रहँदा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग दुई पटक छलफल गर्ने...

मन्त्रीहरुको कामका विषयमा प्रधानमन्त्री ओलीको आन्तरिक छलफल

भाद्र २१ । सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शिर्ष नेताहरुसंँग छलफल थाल्नुभएको छ । सरकारलाई प्रभावकारी बनाउने बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको छ ।    गृहमन्त्री रामबहादुर थापासहित आधा दर्जन मन्त्रीका विषयमा विभिन्न टिप्पणी भएको र प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्र चर्चा भएपछि मन्त्री हेरफेर गर्ने बिषयमा पनि दुई नेताबीच छलफल भएको छ ।  प्रधानमन्त्री ओलीले यसअघि पनि मन्त्रीहरुलाई बारम्बार प्रभावकारी...

सरकारलाई डाक्टरहरुको एक हप्ताको अल्टिमेटम

सानीभेरी समाचार डेस्क  भाद्र, २० ।   नेपाल चिकित्सक संघले र मुलुकी अपराध संहिता ऐन २०७४ संशोधन प्रक्रिया अगाडि बढाउन एक हप्ताको अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सोमबार भएको सहमति अनुसार संघले आउँदो सोमबारसम्मको समय दिएको अध्यक्ष मुक्तिराम श्रेष्ठले बताउनुभयो ।    आगामी सोमबारभित्र ऐन संशोधनका लागि प्रक्रिया अघि नबढाए पुनः आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाई छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र संघबीच भएको वार्तामा संहिताको दफा २ सय ३० को उपदफा २ खारेज गर्ने सहमति भएको छ...

स्थानिय तहमा कर्मचारी पठाउन अझै केही समय लाग्ने

सानीभेरी समाचार डेस्क  भाद्र, २० ।   सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्ट पार्नुभएको हो ।    प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले पुस मसान्तभित्र कर्मचारी समायोजनको काम सम्पन्न गरिसक्ने दाबी पनि गर्नुभयो ।    सरकारले समिति बनाएर कर्मचारी भर्नाको प्रक्रियाका...

बिमस्टेक सम्मेलन आज सकिदै

news

सानीभेरी समाचार डेस्क  भाद्र, १५ ।   काठमाण्डौँमा जारी ंबंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज घोषणा पत्र तय गर्दै समापन हुदै छ । हिजोबाट सुरु भएको सम्मेलनको आज समापन गर्न लागिएको हो । सोल्टी होटलमा चलिरहेको सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्र म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुख अहिले काठमाडौंमा छन् ।    सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था...

प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

भाद्र १४ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा विहीबार बिहान राजधानी आइपुग्नुभएकी प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको थियो...

बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाण्डुमा

news

सानीभेरी समाचार डेस्क भाद्र, १४ ।    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजदेखि राजधानी काठमाण्डुमा सुरु हुँदैछ । ‘शान्ति, समृद्ध र दिगोतर्फ बंगालको खाडी क्षेत्र’ नारासहित सुरु हुने सम्मेलन भोलि नयाँ एजेण्डामा जाने निर्णयसहित सकिनेछ ।    आज ४ बजे सम्मेलनको उद्घाटन हुनेछ । त्यसको अध्यक्षता नेपालले गर्नेछ । सम्मेलनमा रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जा र प्रविधिको अधिक उपयोग गर्नुपर्नेमा छलफल हुनेछ । कृषि,...

कृषि उत्पादन बढाउन लगानी अभाव

सानीभेरी समाचार डेस्क  भाद्र, १३ ।   सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर हरेक बर्ष बजेट बढाउँदै गएपनि उत्पादन भने बढ्न सकेको छैन । पछिल्लो ११वर्षको अवधिमा झन्डै २६ प्रतिशतले बजेट वृद्धि भएपनि उत्पादन भने निराशाजनक नै देखिएको हो ।    कृषि मन्त्रालयका अनुसार विश्वव्यापी मान्यता अनुसार कुल बजेटको ५ प्रतिशत कृषिमा लगानी गर्नु पर्ने हो तर नेपालको परिवेशमा भने साढे दुई देखि ३ प्रतिशत बजेट मात्रै छुट्याउने गरिन्छ ।    मन्त्रालयका प्रवक्ता टेक बहादुर सुवेदीले सीआईएनसँग कुराकानी गर्दै कृषि क्षेत्रमा...

राष्ट्रियसभाका चारवटा विषयगत समितिको बैठक आज बस्दै

सानीभेरी समाचार डेस्क  भाद्र, १३ ।   राष्ट्रियसभाका चारवटा विषयगत समितिको बैठक आज बस्दैछ । आजको बैठकले सभापति चयनका विषयमा कार्यविधी तय गर्नेछ । सभापति भागबण्डामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसबीच हिजो सहमति भएको थियो ।    सहमति अनुसार नेकपाले तीनवटा र कांग्रेसले एउटा समितिको सभापति लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिजो भएको छलफलपछि नेकपाले एउटा समितिको नेतृत्व कांग्रेसलाई छाडेको हो ।    नेकपाले हिजो नै सभापतिका लागि...

बिमस्टेक सम्मेलनका लागि विदेशमन्त्रीहरुको बैठक बस्दै

सानीभेरी समाचार डेस्क  भाद्र, १३ ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि परराष्ट्र मन्त्रीहरुको बैठक आज बस्दैछ । आजको बैठकले हिजो सचिवस्तरीय बैठकले गरेको सहमतिलाई अनुमोदन गर्नेछ ।    भोलिदेखि सुरु हुने सम्मेलनका लागि एजेण्डा पनि तय गर्नेछ ।भोलि र पर्सी काठमाडौंमा हुनेसम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ । म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु हिजो नै काठमाडौं आइसकेका छन्...

बिमस्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीको सम्बोधनः गरिबी निवारणको लागि उपयोगी हुने विश्वास

भाद्र १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् । मंगलबार दिउँसो बसेको संसद बैठकलाई उनले बिमस्टेक सम्मेलन किन आयोजना गरियो र यसमा के के हुँदै छ भनेर सांसदलाई जानकारी गराएका छन् ।    उनले ‘शान्त, समृद्धि र दिगोपनतर्फ उन्मुन बंगालको खाडी’भन्ने नारा तय गरेको जानकारी दिँदै सम्मेलनले यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, कनेक्टीभिटी ९रेल, यातायात, ऊर्जा र हवाई० र बुद्धिष्ट सर्किटको पहुँच विस्तार गर्ने...

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग

news

सानीभेरी समाचार डेस्क  भाद्र, ११ ।   संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग गरेको छ ।  सोमबार सार्वजनिक सूचना माग गरी प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी माग गरेको हो ।     उजुरी विभिन्न माध्यमबट वा सोझै समितिमा समेत सूचना वा उजुरी दिन सकिने छ। यस्तो सूचना दिने सूचनादाताले भने आफ्नो नाम, थर, वतन, र सम्पर्क भने खलाउनु पर्ने छ । तर सूचना दिने अधिकारीले आफ्नो नाम थर गोप्य राख्न चाहेमा भने गोप्य राखिने छ ।   त्यस्तै यस्तो सूचना ७७ जिल्लाबाटै...

आज देशभर गाईजात्रा पर्व मनाईदै

news

सानीभेरी समाचार डेस्क  भाद्र, ११ ।   काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।   यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।   शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगीबिरंगी कपडा,...

आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

भाद्र १० ।  आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।   विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।   रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथनअनुसार सत्ययुगमा...

कञ्चनपुर घटनाबारे संयम रहन सरकारको आह्वान

भाद्र ९ । सरकारले उत्तेजक गतिविधिमा नलाग्न सबैलाई अनुरोध गरेको छ । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि सरकारले हिजो स्थितिलाई थप उत्तेजित पार्ने क्रियाकलापमा संलग्न नहुन त्यस क्षेत्रका सर्वसाधरणलाई आव्हान गरेको हो ।    हिजो साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सरकारले जिम्मेवारी बोध गरेर छानविन प्रक्रिया अघि बढाईरहेको अवस्थामा स्थितिलाई उत्तेजक बनाउने काम भईरहेको भन्दै त्यस्ता काममा सक्रिय नहुन आव्हान गरेको हो । कंञ्चनपुरको...

आन्दोलन उग्र बन्दै महेन्द्रनगरमा कफ्र्यु

भाद्र ९ । आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो साँझ देखि कर्फ्यू लगाएको छ । भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो ।  जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताउनुभयो । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ । सो क्रममा हिजो प्रहरीको गोली लागेर १४ वर्षिय बालक शनी खुनाको मृत्यु भएको छ । त्यस्तै अरु ४ जना घाईते भएका छन् । सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा...

मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार चारवटा मौलिक हकमा प्रगति शून्य

३ साउन । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ ।   नयाँ संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकसम्बन्धी व्यवस्था छ । उल्लेखित ३१ वटा मौलिक हकमध्ये १७ वटामा पुरानै कानून पर्याप्त छन् भने बाँकी १४ मौलिक हकका लागि नयाँ कानून बनाउनुपर्ने हुन्छ ।     मौलिक हकसँग सम्बन्धित नयाँ कानून बनाउनुपपर्नेर् १४ वटामध्ये १०...

समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

३ साउन । जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।   प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा। केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा। केसीसँगै रहेका डा। विषद दहालले भने ।     केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।   यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा। केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र...

यी कार्यालय आजबाट खारेज

news

श्रावण १ ।   बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु आज देखि खारेज भएका छन् । सरकारले  खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।   खारेज हुने कार्यालयमा जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला बाल कल्याण समिति रहेका छन् ।    त्यस्तै स्थानीय शान्ति समिति, जिल्ला सहकारी कार्यालय, भू–संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला अस्पताल,...

संयुक्त प्यानललाई झट्का, प्रथम उपाध्यक्षका उम्मेदवार भाने बिष्टको समर्थन प्रगतिशिल प्यानललाई

news

सानीभेरी समाचार डेस्क असार २१, रुकुम ।   रुकुम उद्योग वाणिज्य संघको १२ अधिवेशनको लागि चुनाव प्रचार प्रसारमा रहेको सयुंक्त प्यानललाई झट्का लागेको छ । नवराज गिरी नेतृत्वको संयुक्त प्यानलको तर्फबाट प्रथम उपाध्यक्षका उम्मेदवार भाने विष्टले आफु उक्त प्यानलमा नरहेको घोषणा गर्नुभएको छ । आफूले नमान्दा नमान्दै पनि जवरजस्ती प्रथम उपाध्यक्षको उम्मेदवार बनाइदिएकाले आफ्नो समर्थन संयुक्त प्यानलमा नरहेको उहाँको भनाई छ । उहाँले राजनकुमार पुन नेतृत्वको प्रगतिशिल उद्योगी व्यवसायिक प्यानललाई समर्थन समेत गर्नुभएको छ ।    प्रचार...

उद्योग वाणिज्य संघमा प्रगतिशिल र संयुक्तको दाबी, कसले मार्ला बाजी ?

news

सानीभेरी समाचार डेस्क असार २०, रुकुम ।   रुकुम उद्योग वाणिज्य संघको चुनावि सरगर्मि बढेको छ । नयाँ नेतृत्वका लागि प्रगतिशिल प्यानल र संयुक्त संयुक्त प्यानल बनाएर व्यापारीहरु चुनावि प्रचार प्रसारमा होमिएका छन् । नयाँ नेतृत्व चयनका लागि रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशन पर्सि २२ गते शुक्रबार मुसीकोटमा हुँदै छ । जसका लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । राजनकुमार पुनको अध्यक्षतामा प्रगतिशिल प्यानल र नवराज गिरीको अध्यक्षतामा संयुक्त प्यानल प्रतिस्पर्धामा छन् । दुवै प्यानलले पदाधिकारी सहित सदस्यहरु समेत टुंगो...

मोटरसाईकल चोरीमा संलग्न किशोर पक्राउ

news

सानीभेरी समाचार डेस्क ।  जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न भएको भन्दै मुसीकोट नगरपालिका १२ का १७ वर्षिय छपेन्द्र पुनलाई पक्राउ गरिएको हो । पुनले १५ गते राति साढे १२ बजेको समयमा मुसीकोट १२ पितिवाङका नन्दलाल रोकायको घरबाट रा.२ प. २५४४ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।    मोटरसाईकल चोरी भएको सूचना आएपछि खोजतलास गर्दा पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पुनले...

कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ : मुख्यमन्त्री शाही

news

सुर्खेत समाचारदाता  सुर्खेत, वैशाख १४ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताउनुभएको छ । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गर्नुभयो ।  ‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘हाम्रो प्रदेशमा...

मुख्यमन्त्रीद्धारा प्रदेश प्रमुखसंग भेटघाट

news

सानीभेरी समाचारदाता सुर्खेत, ९ वैशाख ।    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटघाट गर्नुभएको छ । आईतवार विहान साढे ११ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गर्नुभएको थियो ।    मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको...

कर्णाली प्रदेशमा कसैले पनि टायर वाल्नु पर्दैन : मुख्यमन्त्री शाही

news

सानीभेरी समाचारदाता ७ वैशाख, सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आदिवासी जनजातिको समस्यालाई प्रदेश सरकारले उचित रुपमा सम्वोधन गर्ने वताउनुभएको छ । मुख्यमन्त्री शाहीले संविधानमा सम्वोधन नभएका आदिवासी जनजातिका समस्यालाई कानुन निर्माण गरेर समाधान गरिने वताउनुभयो ।    प्रदेश मुख्यालय सुर्खेतमा शुक्रवार आदिवासी जनजाति महासंघको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो –‘सामाजिक तथा साँस्कृतिक विविधताले भरिएको कर्णाली प्रदेशमा कसैले पनि आफनो माग पुरा गर्न जुलुश लाउनु पर्दैन, टायर वाल्नु...

‘तपाईहरु ढुक्कले लगानी गर्नुहोस, सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ’ – मुख्यमन्त्री शाही

news

सानीभेरी समाचारदाता चैत्र १८, सुर्खेत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने वताउनुभएको छ । लगानीकर्ताको लगानी नउठुन्जेल सम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति वनाउने उहाँको भनाई छ ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले लगानी कर्तालाई ढुक्कसंग लगानी गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘लगानीको...

कर्णाली प्रदेशको समृद्धिको ढोका पर्यटनले खोल्छ : मुख्यमन्त्री शाही

news

सानीभेरी समाचारदाता १७ चैत्र, सुर्खेत ।  मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि पर्यटनको विकासले महत्वपुर्ण योगदान पुर्याउने वताउनुभएको छ । कर्णाली–रारा–पर्यटन वर्ष २०७५को नारा र लोगो सार्वजनिक गर्न शनिवार प्रदेश मुख्यालय सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको सुन्दरता ‘एक्सपोज’ गरि पर्यटनको विकास गर्न पर्यटन वर्ष मनाउन लागेको वताउनुभयो । हिजोको दिनमा गुमनाम पारिएको कर्णाली प्रदेशको संभावनालाई देखाउन पनि कर्णाली–रारा–पर्यटन वर्ष २०७५को उद्घाटन...

चुनावी प्रतिवद्धता पुरा गर्दै जनार्दन शर्मा प्रभाकर

news

‘हरेक नागरीकलाई घरछेउमै विशेषज्ञ स्वास्थ्य सेवा’  सानीभेरी समाचारदाता चैत्र १२/काठमाण्डौं ।  पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरले रुकुमका हरेक नागरीकका लागि घर छेउमै विशेषज्ञ स्वास्थ्य सेवा पुरयाउने वताउनुभएको छ । काठमाण्डौंमा सम्पन्न ल्याव टेक्नीसियनहरुको तालिम समापन समारोहमा वोल्दै प्रभाकरले रुकुमका सवै नागरीकले आफनै घरछेउवाट विशेषज्ञ स्वास्थ्य सेवा पाउन वताउनुभएको हो ।    सवै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने साँसद शर्माको योजना वमोजिम अव रुकुम (पश्चिम)का ६ वटै...

‘संभावना र समृद्धिको नयाँ नाम कर्णाली हो’ : पुर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)

news

२ चैत्र/काठमाण्डौं ।  पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न संभव भएको धारणा व्यक्त गर्नुभएको छ ।  कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरको कुपोण्डलमा आयोजित कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वमन्त्री प्रभाकरले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना भएको वताउनुभएको हो । ‘अहिले कर्णाली प्रदेशलाई...

संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण : पुर्वमन्त्री जनार्दन शर्मा प्रभाकर

news

२९ फागुन/काठमाण्डौं पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले संघियता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको वताउनुभएको छ । आज काठमाण्डौंमा आयोजित साँसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले संघियता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गर्नुभयो । अझै पनि संघियता सफल हुन्छ कि हुन्न भन्ने मान्छेहरु भएको वताउदै पुर्वमन्त्री प्रभाकरले संघियताको कार्यान्वयनमा दृढताका साथ लाग्नुपर्ने वताउनुभयो । कर्णाली प्रदेशका जनताले संघियता र...

कृषि सहकारीलाई प्राथमिकता : मन्त्री केसी

news

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले कृषि क्षेत्रमा काम गर्ने सहकारीलाई सरकारले प्राथमिकता दिने वताउनुभएको छ । सानीभेरी गाँउपालिकाको सीम्लीमा आज आयोजीत अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री केसीले सहकारीहरु समाजवादी अर्थतन्त्रको आधार भएकोले उत्पादनमुलक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले सहकारीहरु सामुहीक लगानी, सामुहीक श्रम र सामुहीक स्वामित्वको आधारमा संचालन हुने हुद्धा समाजवादी आर्थिक व्यवस्था निर्माणमा सहकारीको भुमिका महत्वपुर्ण भुमिका हुने वताउनुभयो ।    अनेमसंघ (क्रान्तिकारी) सानीभेरी गाँउपालिकाको आयोजनामा महिला...

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रुकुमेली छोरा वरिष्ठ पत्रकार सचिन रोका नियुक्त

news

सानीभेरी समाचार डेस्क  रुकुम १० फागुन   सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोका ‘सचिन’लाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिनुभयो । माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गर्नुभएको थियो ।   विसं २०५४ सालदेखि...

स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

news

सानिभेरी समाचार डेस्क स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको आज बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी...

तीन वर्षपछि बिजुली फालाफाल हुन्छ : ऊर्जामन्त्री

news

झापा, २३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने बताउनुभएको छ । झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च गरौं भनेर सार्वजनिक आव्हान गर्नेर्छाैं ।” मन्त्री शर्माले भन्नुभयो “धेरैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगधन्दा खोल्नतिर लाग्नुहोस ।” बिद्युत उत्पादन र प्रसारणको क्षेत्रमा एकीकृत...

राणा शासनदेखि अहिलेसम्म १२४ सहिद

news

०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । १०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघमा सहिद दिवस मनाउने गरिएको छ । गृह मन्त्रालयका...

कतारमा एक रुकुमेलीको मृत्यु

सानीभेरी समाचार डेस्क  रुकुम १५, माघ ।   वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो ।    शुक्रबार साँझ कामबाट आइ खाना खाएर सुतेका बुढढा आज बिहान मृत अवस्थामा फेला परेको मृतक बुढाका साथी टेकचन्द्र थापाले जानकारी दिनुभयो ।    बुढा गत असारमा रोजगारीको लागि कतार जानुभएको थियो । मृत्यकको शवलाई नेपाल ल्याउन पहल गरिदिन मृतकको परिवारले आग्रह गरेको छ...

आज माघे संक्रान्ति, धुमधामका साथ मनाईदै

news

सानीभेरी समाचार डेस्क माघ १, आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ ।   ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।   यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने...

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो, ‘प्रधानमन्त्री’

news

सानीभेरी समाचार डेस्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अफ्ठ्यारो नै आफ्नो अफ्ठ्यारो भएको बताउनु भएको छ । नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म अप्ठ्यारोमा छैन । तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो । देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ ।’   सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि...

संविधान कार्यान्वयनको जटिलता हटाउनु अहिलेको आवश्यकताः सांसद पुन

news

सानीभेरी समाचार डेस्क, पुस ११ पूर्वआपूर्तिमन्त्री एवं रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । १२३ औं माओ जयन्तिको अवसरमा रुकुमको चौखावाङ ५ हिलमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नेकपा माओवादीका केन्द्रका सचिवालय सदस्य पुनले संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध लड्दै माओले चीनमा जनवादी क्रान्ति सम्पन्न गरेको स्मरण गर्दै आफ्नो पार्टीले माओवादीकै सिद्धान्तअनुसार गाउँबाट शहर घेर्ने जनयुद्ध गरे...

प्रचण्ड बाबुरामले एउटै मञ्च बाट भने- हामी एक हुन सक्छौँ

पुस ११, २०७३ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एकअर्कालाई आआफ्नो 'परिपूरक' भन्दै एकताको ढोका खुला रहेको बताएका छन्। सोमबार 'चाचाः भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा' पुस्तकको  संयुक्त रुपमा...

सभामुखको आह्वानमा सर्वदलिय बैठक बस्दै

news

सानीभेरी समाचार डेस्क, पुस ११ सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक डाक्नुभएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमार्फत समस्या समाधानका लागि गरेको प्रयास असफल भएपछि सभामुख घर्तीले सदनमा दस सिटभन्दा बढी ‘स्ट्रेन्थ’ भएका दलहरूको बैठक डाक्नुभएको हो । सदनको गतिरोध अन्त्यका लागि दलहरूलाई जिम्मेवार बनाउन सर्वदलीय बैठक डाकिएको हो । यसअघि पुस ४ मा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सभामुख घर्तीले सकेसम्म विवादित विषयका अन्तरवस्तुमा सहमति गर्न र त्यसो...

रारा अभियान मार्फत संविधान संशोधन विद्ययकको विरोध

news

सानीभेरी समाचार डेस्क, पुस ११  नेकपा मालेको राष्ट्रिय राजनितिक (रारा) अभियान अन्तरगत रुकुम सदरमुकाम मुसिकोटमा ¥याली सहित कोणसभा गरिएको छ । राजनितिक स्थिरताको माग गर्दै देशव्यापी संचालन भैरहेको अभियान अन्तरगत आईतबार मुसिकोटमा ¥याली निकालिएको नेकपा मालेले जनाएको छ ।    अभियान मार्फत सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्ययकको विरोध भैरहेको छ भने राष्ट्रिय सहमति कायम गरी देश विकासमा लाग्न प्रमुख दलहरुलाई आग्रह गर्ने गरिएको छ । सदरमुकाम मुसिकोट खलंगाको पातुखोलाबाट सुरु भएको...

उर्जा उत्पादनको क्षेत्रमा सरकारद्धारा आकर्षक नीतिको घोषणा

news

काठमाडौं, ३० मंसिर । बिद्युत उत्पादनको क्षेत्रमा उर्जामन्त्रालयले महत्वपूर्ण नीतिगत परिवर्तनको घोषणा गरेको छ ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले राजधानीमा आयोजना गरेको ‘पावर समिट २०१६’ उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नयाँ नीति ल्याउने घोषणा गर्नुभएको हो ।    नयाँ नीति र यसका विशेषताहरु  १. अबदेखि विद्युत प्राधिकरणले पिपिए (बिद्युत खरिद सम्झौता) गर्दा ‘टेक अर पे’ (अर्थात नीजि क्षेत्रका कम्पनीहरुले उत्पादन गरेको बिद्युत आवश्यक परे खरिद गर्ने नपरे नगर्ने व्यवस्था) हटाउने । ‘टेक अर पे’ को सट्टा ‘टेक एण्ड...

बिद्युत चुहावट नियन्त्रण गर्र्न उर्जामन्त्रीको नयाँ फर्मुला,सोलार पाता बिना इन्भर्टर राख्न नपाइने

news

बिराटनगर, २९ मंसिर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सार्नु भएको छ ।  मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै उहाँले यस योजना बारे बोर्डमा छलफल शुरु भएको जानकारी दिनुभएको हो । “डण्डा लगाएर मात्र चुहावट रोक्न सकिँदैन, यसमा उपभोक्ताहरुको सक्रिय...

‘जलविद्युतमा जनतालाई शेयर दिने मोडालिटी छिट्टै सार्वजनिक हुने’

news

बिराटनगर, २८ मंसिर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।  प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।  “जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा उर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ” मन्त्री शर्माले भन्नुभयो ।  ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम...

किराँतहरु उधौली पर्व मनाउँदै, नेवारहरु भने योमरी पूर्णिमामा रमाउँदै

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाइरहेका छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडि जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ । उधौलीका अवसरमा एकै...

लोडसेडिङ हटाएकोमा प्रधानमन्त्रीद्धारा उर्जा मन्त्रालयको प्रशंसा

news

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षौंदेखि बिकराल समस्याको रुपमा रहेको लोडेसेडिङ हटाएर जनतालाई राहत दिएकोमा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको प्रशंसा गर्नुभएको छ । सोमवार बिद्युत चुहावट नियन्त्रण सम्बन्धी प्रधानमन्त्री कार्यालयमा आयोजित समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोडसेडिङबाट जनतालाई राहत दिएकोमा उर्जामन्त्रालयलाई धन्यवाद समेत दिनुभयो । प्रधानमन्त्री प्रचण्डले आफुले पदभार सम्हाले लगत्तै जनताको लागि देखिने गरी राम्रो काम गर्न लगातार जोड दिएको तर ४ महिना...

प्रधानन्यायाधीसको निर्देशन : निर्दोष व्यक्ति नपर्ने गरी न्याय गर्नुहोस्

news

चितवन – प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दोष व्यक्ति नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन् । चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन् । सोमबार साँझ कार्यक्रम उद्घाटनपछि मन्तव्य राख्नुहुँदै कार्कीले भनिन्, “बरु १० जना दोषी छुटून्, तर एकजना पनि निर्दोष नपरून्, यसतर्फ न्यायाधीशले ध्यान पु¥याउनुपर्छ ।” उनले अपराध...

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर

news

२८ मंसिर, राजविराज । मौसम परिवर्तन भएसँगै तीन/चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताए । अत्यधिक चिसोका कारण जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा पनि बिरामी चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ । खासगरी अस्पतालमा बालबालिका,...

निजामतीको उमेरहद ६० वर्ष बनाउन लागिएकोमा क्रान्तिकारीको आपत्ति

२७ मंसिर,काठमाडौं । सरकारले निजामती सेवा ऐन संशोधन गरी उमेरहद वढाएर ६० वर्ष वनाउन लागेकोमा सत्तारूढ माओवादी केन्द्र निकटकै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले निजामती सेवामा विद्यमान ५८ वर्षे उमेरहद वढाई ६० वर्ष वनाउने प्रावधान युवा विद्यार्थीलाई स्वीकार्य नहुने वताए । आज पशुपति क्याम्पसमा आयोजित कार्यक्रममा उपाध्यक्ष तामाङले भने, ‘हजारौं नव युवालाई निजामती सेवामा प्रवेश रोक लगाउने षड्यन्त्र स्वरुप आएको यो प्रावधान हामी किमार्थ स्वीकार्दैनौं ।’ आजको युगमा नयाँ...

पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’

news

२७ मंसिर, काठमाडौं । नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो । पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् । उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष...

नेपालको बिजुली नकिन्ने भारतको नीति अब नेपाल सरकारले सच्याउने

२७, मंशीर–काठमाण्डौ ।  भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतले ल्याएको निर्दे्शिका सच्याउन नेपालले पहल सुरु गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलाई निर्दे्शिकाले दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)विपरीत भएकाले यसबारेमा भारतीय पक्षसँग छलफल गर्न आग्रह गर्नुभएको छ । भारतले केही दिनअघि ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्दे्शिकाले भारतीय लगानीबाहेकका...

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

news

२६ मंसिर, । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्नेछ । कानूनतः सार्वजनिक पद धारण गरेकाहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । तर, प्रधानमन्त्री र मन्त्रीहरुले १५ दिनमा नै सार्वजनिक गर्ने पराम्परा थियो । यो पटक भने सरकार बनेको चार महिना वित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन...

कार्य सम्पादनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रथम

२६,मंशीर–सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यसम्पादनमा प्रथम भएको छ । विश्वविद्यालयको चौमासिक प्रगति समिक्षा वैठकमा पेश गरिएको प्रतिवेदनअनुसार नेपालमा रहेको विश्वविद्यालयहरुमध्ये उत्कृष्ट अंक ल्याएर प्रथम भएको हो । विश्वविद्यालयका रजिष्ट्रार डक्टर महेन्द्रकुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १ सय ४७ दशमलब ३० प्रतिशत अंक ल्याएर प्रथम भएको जानकारी दिनुभयो । यस्तै, कार्य सम्पादनमा त्रिभुवन विश्वविद्यालयले ९८ दशमलव १९ प्रतिशत अंक ल्याएर दोश्रो भएको छ भने नेपाल संस्कृत...

पत्रकार मदन ढकालकाे निधन

news

झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ । ६५ वर्षका उनी मधुमेह र मृगौला रोगबाट पीडित थिए । बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा उनकाे निधन भएको हो । ढकाल पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक थिए । २००९ जेठ १९ गते अनारमनी-१ मा जन्मिएका ढकाल २०२४ सालदेखि पत्रिका सम्पादन कार्यमा संलग्न छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त...

संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश

news

सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले बिहीबार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६...

प्रदेश नं. ६ को समृद्धिका लागि प्रचण्डको प्रतिबद्धता

news

सुर्खेत, मंसिर २४ । प्रधानमन्त्री प्रचण्डले प्रदेश नं. ६ को समृद्धिका लागि दर्जनौ प्रतिबद्धता जनाएका छन् । सुर्खेत र यस प्रदेशमा पर्ने करिब सबैजसो पर्यटकीय स्थलहरु र सम्भावनाका स्रोतहरुको नाम किटान गदै प्रचण्डले आफू आर्थिक समृद्धिमै केन्द्रित भएको बताएका छन् । कर्णाली एक्स्पाे २०१६ काे उद्घाटन कार्यक्ममा आयोजकले गराएको ध्यानाकर्षणलाई सम्बोधन गर्दै यस प्रदेशको समृद्धिका लागि प्रचण्डले सरकार प्रदेश नं. ६ का जनताकै साथमा रहेको बताए । यस क्षेत्रको समृद्धिका लागि सरकार सम्प्रर्ण सहयोग गर्न तयार रहेको भन्दै...

केरुङबाट स्याउ ल्याउँदै गरेको कन्टेनर पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द

news

बैशाख १८ ।  केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।   गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।   सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन । कन्टेनर पन्छाउन काठमाडौँबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए ।   धुन्चेबाट काठमाडौँ जाने र...

पत्रकार क्षेत्रीको निधन, पार्थिव शरीर प्रज्ञा भवनमा

news

१७ वैशाख, काठमाडौं नेपाल प्रेस युनियनका सचिव सुर्यकुमार क्षेत्रीको बिहीबार राति निधन भएको छ । क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ३३ वर्षीय क्षेत्री ब्रेन ट्युमरको समस्याबाट पीडित थिए । २ वर्ष अघि उनको शल्यक्रिया गरिएको थियो । भारतमा समेत उपचार गरेर फर्किएका क्षेत्रीको पुनः स्वास्थ्यमा समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिएको छ ।   स्याङ्जा घर भएका क्षेत्रीको अन्तिम संस्कार...