• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

हाम्रो बारेमा

aid_15.jpg

२१ औं शताव्दी सूचना क्रान्तिको युग हो । सूचना संचारलाई वर्तमान विश्वले अति नै शक्तिशाली अंगको रुपमा स्वीकार गरेको छ । अनि सूचनाको शक्तिलाई अहिलेको दुनियाले अति नै महत्वपूर्ण शक्तिको रुपमा प्रयोग पनि गरिरहेको छ । सूचनाको यो शक्तिशाली भूमिकालाई स्थापित गर्ने सबैभन्दा ठूलो र प्रभावकारी संचार माध्यमको रुपमा रेडियो रहेको छ । तेस्रो विश्वका मुलुकहरु विशेषतः हाम्रो जस्तो न्यून आयस्तर भएको देशमा रेडियो नै सबैभन्दा प्रभावकारी र सर्वसुलभ संचार माध्यम हो । गरीव होस या निरक्षर, दृष्टिविहीन होस या अपाङ्ग, जोसुकैले पनि रडियोबाट लाभ उठाउन सक्छ । हाम्रो जस्तो न्यून आयस्तर भएको क्षेत्र, यातायात र विद्युतीकरणले छुन नसकेका वस्तीहरु, टेलीभिजन, पत्रपत्रिका र यहासम्म कि साधारण टेलिफोनको समेत पर्याप्त सुविधा नभएको क्षेत्रमा रेडियो सवैभन्दा प्रभावकारी र सशक्त संचार माध्यम हो । तसर्थ रेडियोको यो अद्धित्तीय शक्तिलाई सामाजिक विकास र रुपान्तरणको लागि अधिकतम उपयोग  गरिएमा नयाँ नेपाल निर्माणको महाअभियानमा एउटा ईंटा थप्न अवश्य पनि सकिन्छ  ।
 
परिचय:
यही मान्यताका आधारमा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता नं. १५५/०६४/६५ रहेको सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्र, रुकुम नामको सामुदायिक संस्थाले राष्ट्रिय प्रशारण नियमावली २०५२ अनुसार नेपाल सरकारवाट एफ।एम। रेडियो सञ्चालन गर्ने ईजाजतपत्र नं. २९७/०६४/६५ प्राप्त गरि सञ्चालन गरिएको रेडियो स्टेशनको वोलाउने नाम (कलसाईन) रेडियो सानोभेरी एफ.एम. १००.८ मेगाहर्ज हो । गैरनाफामुखी सामुदायिक संस्थाद्धारा संचालित यो रेडियो सम्पूर्ण रुपले समुदायमा समर्पित सामुदायिक रेडियो हो । कुनै पनि व्यक्ति वा संघ संस्थाको व्यवसायिक एवं व्यापारिक लगानी यसमा रहेको  छैन ।
 
नेपालको दुर्गम जिल्ला रुकुमको सदरमुकाम मुसिकोट खलङ्गामा यसको स्टुडियो रहेको छ । २६१५ मिटर उचाईको भौगोलिक क्षेत्रमा यसको ट्रान्समिटिङ्ग टावर रहेको कारण रुकुम जिल्लाको पूरै भूभागको साथै रोल्पा, सल्यान र जाजरकोट जिल्लाका अधिकाँश भूभाग र दाङ्ग, प्यूठान, बाँके, सूर्खेत, दैलेख, र डोल्पाका विभिन्न भूभागहरुमा यसको प्रसारण सुन्न सकिन्छ । २० लाख भन्दा बढी जनसंख्या बसोवास गर्ने क्षेत्रहरुमा यसको प्रसारण पहुच रहेको छ ।
 
नेपालमा नयाँ युगको सुत्रपात गर्ने संविधान सभाको चुनावको मुखैमा २०६४ चैत्र २५ गतेबाट प्रसारण आरम्भ गरिएको यो रेडियो नयाँ नेपाल निर्माणको अभियानमा समर्पित छ । रेडियो सानोभेरी एफएम १००.८ मेगाहर्ज अहिले मध्यपश्चिम पहाडको एक शक्तिशाली आधुनिक संचार माध्ययमको रुपमा स्थापित भएको छ । यसको प्रसारण ५०० वाट क्षमता रहेको रेडियो सानीभेरी एफएम ८९.२ मेगाहर्ज 'सानीभेरी बहुउद्देश्यीय जनसेवा केन्द्र रुकुमद्धारा संचालित' मा पनि सुन्न सकिन्छ । यसले काठमाण्डौंमा रहेको मैत्री एफ.एम. नेटवर्क संग सहकार्य गरि समाचार, विभिन्न चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु दैनिक रुपमा प्रशारण गर्ने गर्छ ।   
 
उद्देश्यहरु:
  • पत्रकारीताको विश्वव्यापी मूल्य र मान्यताको आधारमा तथ्यपूर्ण समाचार संप्रेषण गरी आम नागरिकको सूचनाको हक सुनिश्चित गर्ने ।
  • समसामयिक सूचनामूलक कार्यक्रमहरु मार्फत नागरिकको विश्लेषणात्मक धारणा विकासमा टेवा पु¥याउने ।
  • शिक्षामूलक कार्यक्रमहरुको माध्यमबाट समुदायमा सरकारी तथा गैर सरकारी संघ संस्थाका अत्यावश्यकीय जानकारीहरु तथा सन्देशहरु यथाशक्य छिटो पु¥याउनुको  साथै बौद्धिकताको विकास गराउने ।
  • विभिन्न चेतनामूलक कार्यक्रमहरु प्रसारण गरी पिछडिएका समुदायको सशक्तिकरण गर्ने, जातिय, क्षेत्रिय, धार्मिक तथा लिङ्गिय भेदभावको अन्त्य गराउने खालको सामाजिक तथा सांस्कृतिक रुपान्तरणमुखी संचार अभियान चलाउने ।
  • प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै विना भेदभाव सवैलाई समान अवसर उपलव्ध गराउने
  • विभिन्न प्रगतिशील, चेतनामूलक तथा मनोरञ्जनात्मक गीत संगीतको प्रसारणबाट समुदायको सांस्कृतिक चेतनास्तर उकास्नुको साथै पर्याप्त मनोरन्जन दिलाउन प्रयास गर्ने ।
  • समाजमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सदाचारयुक्त समाजको निर्माणमा योगदान पु¥याउने ।
  • बदलिदो आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई संस्थागत गरी नयाँ नेपालको  निर्माणमा सूचना संचारको माध्यमबाट अग्रणी योगदान पु¥याउने ।
प्रसारणमा प्राथमिकताका क्षेत्रहरु:
  • महिला अधिकारसँग सम्बन्धित विषयवस्तुलाई उच्च प्राथमिकता दिने 
  • दलित, आदिवासी–जनजाति,  पछाडी पारिएका समुदाय र अपाङगता भएका व्यक्तिहरुका आवाजहरुलाई प्राथमिकताका साथ प्रसारण गर्ने
  • जनस्वास्थ्य, खानेपानी र सरसफाई, तथा सामाजिक चेतना अभिबृद्धिलाई प्राथमिकता दिने ।
  • जनताको आर्थिक समृद्धि, विकास निर्माण, प्राकृतिक श्रोत साधनको समुचित व्यवस्थापन र सुशासनका विषयवस्तुलाई पनि प्राथमिकताका साथ स्थान दिने ।
 
प्रसारित कार्यक्रमहरु:
क) समाचार:
विहान ५ः३० देखि राती १० बजेसम्म प्रसारण भईरहेको रेडियो सानीभेरीबाट दैनिक काठमाण्डौंस्थित मैत्री एफ.एम. नेटवर्कका ८ वटा समाचार तथा नेपाली र खाम मगर भाषामा गरी १२ वटा हाम्रो आफ्नै समाचार बुलेटीन प्रसारण भईरहेको छ । कूल २० वटा बुलेटीन मार्फत दैनिक १ सय भन्दा बढी राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय समाचारहरु पस्केर जनतालाई सूचना सेवा प्रदान गरिरहेका छौं ।
ख) चेतनामूलक कार्यक्रम:
जनताको बैचारिक क्षमता आभिबृद्धि गर्ने, उनीहरुको राजनैतक र सांस्कृतिक चेतनास्तर उकास्ने तथा सामाजिक जागरण फैलाउने खालका विभिन्न कार्यक्रमहरु दैनिक रुपमा प्रसारण भईरहेका छन । त्यस्तै विभिन्न चेतनामूलक कार्यक्रमहरु प्रसारण गरी पिछडिएका समुदायको सशक्तिकरण गर्ने, जातिय, क्षेत्रिय, धार्मिक तथा लिङ्गिय भेदभावको अन्त्य गराउने खालको सामाजिक तथा सांस्कृतिक रुपान्तरणको क्षेत्रमा पनि रेडियो सानीभेरीले विशेष योगदान पु¥याउदै आईरहेको छ ।
 
समुदायको आवश्यकता र माग अनुसार यस्ता खाले कार्यक्रमहरुको संख्या बढाउदै जाने लक्ष राखेका छौं । दीर्घकालीन महत्वका हिसावले यस्ता कार्यक्रमहरु निकै नै प्रभावकारी हुने गरेका हजारौं तथ्यहरु सर्वेक्षकहरुले औंल्याएका छन । यस्ता खाले चेतनामूलक रेडियो कार्यक्रमहरु नागरिक सशक्तिकरणका खजाना समेत सावित भएका छन । 
ग) आर्थिक विकास, सार्वजनिक हित र सरोकारका कार्यक्रमहरु:
रेडियो सानोभेरी नेपालमा आर्थिक विकास, सार्वजनिक हित र सरोकारका पक्षमा वकालत गर्ने रेडियो स्टेशन हो । उद्योग, व्यापार, वित्त, सेवा व्यवसाय, पर्यटन, कृषि, जलविद्युत र अन्य उर्जा लगायत आर्थिक विषयहरुमा आर्थिक विकास र न्यायोचित वितरणसंग सम्वन्धि विभिन्न रेडियो कार्यक्रमहरुको उत्पादन एवं प्रशारण गर्ने गरिएको छ । त्यस्तै प्राकृतिक स्रोत साधनमाथि जनताको अधिकार, जनस्वास्थ्य शिक्षा, साहित्य, उपभोक्ता हित लगायत सार्वजनिक हित र सरोकारका विषयहरु पनि रेडियो सानीभेरीले आफ्ना कार्यक्रममा समेटदै आईरहेको छ । 
घ) अशल शासनका लागि कार्यक्रम:
रेडियो सानोभेरी सार्वजनिक सेवा प्रवाहका लागि संचालित विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सहज र पारदर्शी ढंगले सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता राख्दछ । सरकारी तथा गैर सरकारी संघसंस्थाहरुवाट सार्वजनिक सेवा प्रवाह हुदा हुने भ्रष्टाचार, अनियमितता, अपारदर्शिता र गैरजिम्मेवारीपनको अन्त्य गरि समाजमा सदाचारयुक्त अशल शासन निर्माणका लागि रेडियो सानीभेरीले निरण्तर जनचेतना निर्माण गर्ने एवं सम्वन्धित पक्षलाई ध्यानाकर्षण गर्ने सामाग्रि प्रसारण गर्दै आईरहेको छ ।
 
गीत संगीत:
मानव जीवनको एक अभिन्न आवश्यकताको रुपमा रहेको गीत संगीत क्षेत्रबाट पनि रेडियो सानोभेरीले जनता माझ सेवा पु¥याईरहेको छ । विभिन्न खाले चेतनामूलक र मनोरञ्जनात्मक प्रकृतिका दैनिक सयौं गीतहरु बजिरहेका छन । देशका विभिन्न क्षेत्र र संस्कृतिको प्रतिनिधित्व गर्ने लोकगीत, आधुनिक गीत र गीत संगीतका अन्य विधाहरु रेडियो सानीभेरीले समेटने गरेको छ । राम्रा गीत संगीतको छनौटका लागि रेडियो सानीभेरीले संगीतविज्ञ जनशक्तिको विशेष व्यवस्था गरेको छ । 
 
सूचना र सन्देशको प्रशारण एवं सेवा वा वस्तुको प्रवद्र्धन:
विभिन्न सरकारी निकाय, सामाजिक संघ संस्था, व्यवसायिक प्रतिष्ठान तथा समुह र व्यक्तिहरुले प्रसारण गर्न चाहेका विभिन्न सूचना, शुभकामना, समवेदना तथा सन्देशहरु पनि दैनिक रुपमा प्रसारण हुने गरेका छन । त्यस्तै कुनै सेवा वा वस्तुको प्रवद्र्धनका लागि कम लागतमा धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ । नेपालको दुर्गम जिल्ला रुकुम र यस आसपासमा रहेका जिल्लाहरुमा वसोवास गर्ने २०  लाख जनसंख्या विच आफनो तरङ्ग पु¥याएको एकमात्र रेडियो स्टेशन रेडियो सानोभेरी विज्ञापन, सुचना सम्प्रेशन र जनचेतना अभिवृद्धिका लागि मध्यपश्चिमका दुर्गम पहाडी क्षेत्रको अद्धितिय सञ्चार माध्ययम हो । यसले गर्दा लक्षित समुदाय वा व्यक्तिको  लक्षित कार्य सम्पादनमा निकै सहजता आएको प्रतिक्रिया पाएका छौं । १ महिनाको समय, श्रम र स्रोत खर्च गरेर पनि पु¥याउन नसकिने सूचनाहरु रेडियोको माध्यमबाट एक मिनेटभित्रै पु¥याउन सकिने भएको छ ।